२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, उपनिर्वाचनको विषयमा छलफल गर्ने

Untitled
Untitled
Untitled

काठमाडौ, जनता समाजवादी पार्टी ९जसपा० को कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जसपाको बैठक बसिरहेको हो ।

दिउँसो १ बजे ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभाअन्तर्गत तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायत विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उपचुनावका लागि २० चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका तय भएको छ । साथै, जसपा बैठकमा मन्त्रिपरिषदमा सहभागिता र विधान अधिवेशनको विषयमा छलफल हुने थापाले जानकारी दिए ।

सरकारमा सहभागी हुने निर्णय गरिसकेको जसपाले कसलाई मन्त्री बनाउने बनाउने भनेर भने टुंगो लगाउन बाँकी छ ।

 

Untitled
Untitled
Untitled