२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

बालुवाटारमा प्रधानमन्त्री दाहाल र नेत्रबिक्रमबीच भेट, राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल

Untitled
Untitled
Untitled

काठमाडौ, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेट भएको छ।

उनीहरूबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार बिहान भेट भएको हो । भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विप्लवले विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री दाहालले तीन बुँदे सहमतिअनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ । भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसमेत थिए ।

अदातलमा माओवादी अध्यक्ष दाहालविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ । आइतबार माओवादी घटकका दल एउटै मञ्चमा देखिएका थिए ।

Untitled
Untitled
Untitled