२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय लिने

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा निर्णय लिइने बताइएको छ । बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।