२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

सङ्क्रमणकालीन न्याय सत्य निरुपण आयोगमार्फत नै बढाइनु पर्ने माओवादी धारका नेताहरूको निर्णय

Untitled
Untitled
Untitled

काठमाडौं,सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्नेमा माओवादी नेताहरुले जोड दिएका छन् ।

मङ्गलबार बिहान बालुवाटारमा माओवादी पार्टी सम्बन्धित नेताहरुको बैठकपछि प्रकाशित विज्ञप्तिमार्फत यस्तो माग गरेको हो ।

सङ्क्रमणकालीन न्यायका सम्बन्धमा विभिन्न चर्चा भएकोप्रति माओवादी नेताहरुले गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

सङ्क्रमणकालीन न्यायको प्रक्रियाविपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग नपु¥याउने भन्दै यसमा स्पष्ट हुन उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, खड्कबहादुर विश्वकर्मा, नेकपा (बहुमत) संयोजक धमेन्द्र बाँस्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन् ।

Untitled
Untitled
Untitled