२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

आयोगले तयार पार्यो राष्ट्रपति निर्वाचनका लागि दुईथरी मतपत्र

Untitled
Untitled
Untitled

काठमाडौ, नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते चुनाव हुँदै छ।

त्यसका लागि आठ दलको समर्थनमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्।

फागुन २५ गते राष्ट्रपति पदका लागि यी दुई नेताबीच प्रतिस्पर्धा हुँदै छ। यसैबीच निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र बनाएको छ।

सार्वजनिक नमुना मतपत्रअनुसार केन्द्रीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र हुनेछन्।

रातो मतपत्र प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि प्रयोग गरिनेछ भने हरियो मतपत्र प्रदेशसभाका सदस्यहरूलाई दिइनेछ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र प्रदेशसभाका सदस्य मतदाता हुन्छन्।

Untitled
Untitled
Untitled