काठमाडौं, नेपाली कांग्रेस नेतृत्वको आठदलीय गठबन्धनले सांसदहरूलाई प्रशिक्षण दिएको छ ।
आसन्न राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउने संकल्पसहित प्रशिक्षण कार्यक्रम राखिएको हो ।
गठबन्धनका दलहरूले यसअघि राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रसमेत बनाइसकेका छन् ।
नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा तीनकुनेस्थित एक ब्याक्वेटमा प्रशिक्षण कार्यक्रम जारी छ ।
प्रशिक्षणमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई बोलाइएको छ ।
कार्यक्रममा गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत पार्टी, लोसपा, नागरकि उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । पौडेलविरुद्ध एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई खडा गरेको छ ।