२०८० फागुन ११ शुक्रवार | Friday, Feb 23 2024

आईसीसीले दियो यूएईमा खेल्न सन्दीपलाई अनुमति

काठमाडौं , यूएईमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सन्दीप लामिछानेले खेल्ने पक्का भएको छ ।

घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ(क्यान) ले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी ) ले स्वीकृत गरेको हो । सन्दीप बुधबार नै यूएई जाने तयारीमा छन् ।

घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ(क्यान) ले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(ईसिसी) ले स्विकृत गरेको हो । सन्दीप वुधबार नै यूएई जाने तयारीमा छन् ।

यसअघि उच्च अदालत पाटनले विदेश भ्रमणमा प्रतिबन्ध लगाएका कारण सन्दीप नेपालको यूएई भ्रमणका लागि घोषणा गरिएको टोलीमा थिएनन् ।

तर, सोमबार सर्वोच्च अदालतले सशर्त प्रतिबन्ध फुकुवा गरेपछि सन्दीपले उक्त शृंखला खेल्ने पक्का भएको हो ।

शृंखलाअन्तर्गत नेपालले चारमध्ये पहिलो खेल भने खेलिसकेको छ । पहिलो खेलमा नेपाललाई पपुआ न्युगिनीलाई हराएको थियो । बिहीबार यूएईसँग खेल्दै छ ।