२०८१ कात्तिक १९ सोमवार | Monday, Nov 04 2024

सरकार विस्तार र विश्वासको मत राष्ट्रपतिको चुनावपछि मात्रै गर्ने प्रधानमन्त्री दाहालको योजना

Untitled
Untitled
Untitled

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको चुनावपछि मात्रै सरकार विस्तार गर्ने भएका छन् ।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले यसबारे जानकारी दिएकी हुन् ।

मन्त्रिपरिषद्का निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि मात्रै हुने बताएकी हुन् ।

नयाँ गठबन्धन बनेकाले को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने उनको भनाइ छ ।

राष्ट्रपतिको चुनावपछि प्रधानमन्त्रीले विश्वासको मत पनि लिने प्रवक्ता शर्माले जानकारी गराइन् । निर्धारित समयभित्रै विश्वासको मत लिइने उनले बताइन् ।

अहिले राष्ट्रपतिको चुनावका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको स्पष्ट पारेकी छन् ।

संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन तत्कालीन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल जान नसक्नुको कारण फेरिएको राजनीतिक परिस्थिति भएको उनले बताइन् ।

देशको प्रतिनिधित्व गर्दै पूर्वकानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई सो कार्यक्रममा पठाइएको उनले बताइन् ।

कोइरालालाई कार्यक्रमको प्रयोजनका लागि मात्रै प्रधानमन्त्रीको सल्लाहकारको रूपमा पठाइएको प्रवक्ता शर्माले प्रस्ट पारिन् ।

Untitled
Untitled
Untitled