काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बस्ने जनाइएको छ ।
बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने बताइएको छ।
साथै, आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि छलफल हुने सम्भावना छ।
सभापति रबी लामिछानेले अहिले कुनै दलको गठबन्धन वा सहकार्यमा नरहेको दाबी गरेका छन्।
‘अहिले हामी कुनै अलायन्समा छैनौँ,’ उनले भने, ‘हिजो बनेको संयन्त्रबाट हामी बाहिर निस्किसक्यौँ, कुनै संयन्त्रमा छैनौँ।’
एमालेसँगको गठबन्धन पनि छोडेको हो ? भन्ने प्रश्नमा उनले थपे, ‘एमाले, माओवादी वा अन्य कुनैसँग पनि छैनौँ , हाम्रो पार्टी अहिले इनडिपेन्ट्ली अघि बढिरहेको छ।’
सभापति लामिछानेले राष्ट्रपतिको चुनाव भएकोले अर्को निर्णय गर्ने बेला नभएको बताए।