काठमाडौ, राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने अडानका साथ नेकपा एमालेका अध्यक्ष केपी ओलीले दौडधूप गरिरहेका छन् ।
यस विषयमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न उनि बालुवाटार पुगेका छन् ।
आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने बारे प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित विभिन्न चार दलसँग छलफल गरेपछि दिउँसो ओली बालुवाटार पुगेका हुन् ।
पुरानै गठबन्धन ब्यूँतिने डरमा ओली छन् । ओली दाहालबीचको यो भेटमा निर्णायक छलफल हुने बताइएको छ ।
ओलीले मंसिर १० गतेको सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने अडान राखिराखेका छन् भने दाहालले सहमतिका आधारमा राष्ट्रपति हुनुपर्ने बताउँदै आएका छन् ।
शुक्रबार बिहान कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्यूँताउने बारे छलफल भएको थियो ।
यसबारे थप छलफल गर्न आज साँझ पुनः बैठक बस्ने सहमति भएको थियो ।