२०८१ कात्तिक २२ बिहीवार | Thursday, Nov 07 2024

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउन भए सहमत

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो ।

बैठकमा सहभागी जसापका नेता राजेन्द्र श्रेष्ठले भने, ‘पुरानो गठबन्धन ब्युताउने सहमति ब्युँताउने सहमति भयो । राष्ट्रपति साँझ टुंग्याउछौं ।’

बुधबार साँझ कांग्रेस र माओवादी केन्द्र पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो ।

कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको थियो ।

बैठकमा कांग्रेस र एकीकृत समाजवादीबाट राष्ट्रपतिमा दाबी प्रस्तुत भएको थियो । कांग्रेसले राष्ट्रपति पाउने सम्भवाना बढेको कांग्रेसका एक नेताले बताए ।

उपराष्ट्रपति भने जसपाले पाउने नेता श्रेष्ठले बताए ।

Untitled
Untitled
Untitled