काठमाडौं, राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर आफू नेतृत्वको वर्तमान सत्ता गठबन्धन संकटमा परेपछि नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ।
राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरूबीच रस्साकस्सी चलिरहँदा एमालेले सचिवालय बैठकबाट राष्ट्रपतिको उम्मेदवारको बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ।
सरकार गठनको बेलामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने एजेन्डालाई प्राथमिकतामा राखेर छलफल हुने छ।
एमाले बाहेक अरू दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका केही दल भने नयाँ गठबन्धन बनाएर जान सहमत भएका छन्।