२०८१ भदौ २६ बुधवार | Wednesday, Sep 11 2024

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आज ‘निर्णायक’ वार्ता हुने

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच राष्ट्रपति उम्मेदवारको विषयमा आज निर्णायक वार्ता हुने भएको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच मोर्चा बनाएर जाने सहमति भइरहँदा एमाले र माओवादी केन्द्रबीच छलफल हुन लागेको हो।

तीन दलको हिजो बेलुका बसेको बैठकले गठबन्धनमा सहभागी रहेका दलबीच मोर्चा बनाएर जाने सहमति भएको नेताहरूले बताएका छन्।

अध्यक्ष दाहालका अनुसार सो छलफल दिउँसो हुने भनिए पनि समय भने सार्वजनिक गरिएको छैन। सो बैठकको तयारी भइरहँदा दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो।

दाहालले नेकपा (एस)का नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडि सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल० बीच भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लागेका हुन्।

दाहालले त्यसअघि नेपाली कांग्रेससँग पनि वार्ताको तयारी गरेका छन्। कांग्रेससहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा केन्द्रित हुनेछ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।

हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो। सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो।

आजको बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्युँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन्। त्यो बैठकमा सहमति भए अहिलेको वर्तमान सत्तागठबन्धन भत्कन सक्ने देखिन्छ।

 

Untitled
Untitled
Untitled