२०८१ मंसिर १६ आइतवार | Sunday, Dec 01 2024

राष्ट्रपतिमा एमालेबाहेक अरुलाई दाहालले समर्थन गर्नै मिल्दैन –अध्यक्ष ओली

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालले एमालेबाहेक अरुको राष्ट्रपति उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने तर्क गरेका छन् ।

राष्ट्रपतिकै बारेमा दलहरूबीच रस्साकस्सी चलिरहेका बेला अध्यक्ष ओलीले पुस १० गते भएको सहमति कार्यान्वयन हुनेमा आफू ढुक्क रहेको समेत बताएका छन् ।

जन्मदिनको शुभकामना दिन ओलीको निजी निवास बालकोट पुगेका केही शुभेच्छुकसँग ओलीले भने–‘पुस १० मा जे सहमति भयो कुरा त्यै हो। दाहालले एमाले बाहेकको उम्मेदवारलाई समर्थन गर्नुहुन्न र गर्न पनि मिल्दैन।’

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखबारे पुस १० गते नै दुई दलबीच सहमति भएको र दाहालले त्यसैमा सम्झौता गरिसकेको भन्दै ओलीले सम्झौताबाट पछि हट्ने अवस्था नै नभएको बताए ।

अध्यक्ष ओलीले सत्ता गठबन्धन नटुट्नेसमेत दाबी गरे । राष्ट्रपतिमा एमाले उम्मेदवार माधवकुमार नेपाल हो ? भन्ने जिज्ञासामा भने ओलीले मुख खोलेनन्।

फागुन १३ मा सबैलाई थाहा हुनेगरी उम्मेदवार ल्याउँला भन्दै ओलीले हाँसेर टार्ने प्रयास गरेको शुभकामना दिन पुगेका एक नेताले बताए ।

राष्ट्रपतिमा समर्थन बटुल्न र गठबन्धन भत्काउन कांग्रेसले जति नै दौडधुप गरे पनि त्यो काम नलाग्ने ओलीको भनाइ थियो ।

Untitled
Untitled
Untitled