काठमाडौं, नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका छन् ।
राजदूत सोङ अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । उनीहरूबीच नेपाल(चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालका सचिवालय सदस्य मोहन गौतमले बताए ।
राजदूत सोङले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए ।
नेपालमा राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा चिनियाँ राजदूतको सक्रियतालाई विश्लेषकहरूले अर्थपूर्ण भएको बताइरहेका छन्।