२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

मल खरिदका लागि थप साढे सात अर्बको स्रोत सुनिश्चित

Untitled
Untitled
Untitled

काठमाडौँ, अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोड रुपियाँको स्रोत सुनिश्चित गरेको छ ।

रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।

चालू आर्थिक वर्षका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न स्रोत सुनिश्चित गरिएकोमध्ये दुई अर्ब ४० करोड रुपियाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने दुई अर्ब ५० करोड रुपियाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ ।

दुई अर्ब ६० करोड रुपियाँ दायित्व सिर्जना भएपछि निकासा गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

रासायनिक मल खरिद गर्न चालू आर्थिक वर्षका लागि १५ अर्ब रुपियाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपियाँको स्रोत सुनिश्चित गरेको थियो ।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्नेसम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मालगायतसँग छलफल गरेका थिए ।

भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउँदै अविलम्ब आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेक ा थिए ।

Untitled
Untitled
Untitled