काठमाडौ, प्रधानमन्त्री
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको प्रयास अन्तर्गत नेपाली कांग्रेसका नेताहरूसँग छलफल भइरहेको बताएका छन्।
सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपप्रधान एवं विष्णु पौडेलसँग भेटगरेपछि प्रधानमन्त्रीले अहिलेको सत्ता साझेदार दल बचाएर राष्ट्रिय सहमति गर्ने कोसिसमा लागेको बताएका हुन्।
‘कांग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गार्हो देख्छु,’ प्रधानमन्त्रीको ब्रिफिङ उधृत गर्दै राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नेपालखरसँग भने, ‘यो कोलिसन जोगाएर पनि सहमति जुटाउन सकिन्छ कि भन्ने प्रयासमा छु।’
अझै केही दिन बाँकी भएकोले निरन्तर छलफल गरेर निष्कर्षमा पुग्न सक्ने सम्भावना अझै छ। माधव नेपालको नाममा राष्ट्रपतिमा आए सहमति हुन्छ तरु भन्ने प्रश्नमा गजुरेलले भने निर्णायक कांग्रेस भएको बताए।
‘हामीले उम्मेदवारको नाम दिएर कांग्रेसले मान्ला र सहमति होला जस्तो लाग्दैन,’ उनले थपे, ‘सहमति त कांग्रेसले उठाएकै नाममा हुन्छ होला। तर, यो गठबन्धन जोगाउने पहिलो प्रयास हो।’
प्रधानमन्त्री दाहाललाई आइतबार बेलुका बालुवाटार पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलाले भेट गर्र्दै राष्ट्रपति चुनावमा सघाउन आग्रह गरेका थिए।
सोमबार बिहान प्रधानमन्त्री दाहालसँग रास्वपाका सभापति रवि लामिछाने र अर्थमन्त्री पौडेलले फरक फरक समयमा भेट गरेका थिए।
ले राष्ट्रिय सहमतिको प्रयास अन्तर्गत नेपाली कांग्रेसका नेताहरूसँग छलफल भइरहेको बताएका छन्।