२०८१ मंसिर १६ आइतवार | Sunday, Dec 01 2024

माओवादी पदाधिकारी बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

Untitled
Untitled
Untitled

काठमाडौ, सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचन र समसामयिक विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक आज दिउँसो ४ बजे बस्न लागेको हो ।

आजको बैठकमा फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आइतबार साँझ कांग्रेस शीर्ष नेताहरूले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।​

कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री दाहालले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ सुनाएका थिए ।

यही २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

१० फागुनसम्म माओवादीलाई आफ्नो उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरू दौडधुपमा छन् ।

१० पुसमा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो ।

यद्यपि २६ पुसमा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि दाहालले राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति खोजिरहेका छन् ।

राष्ट्रपति निर्वाचनको विषयमा प्रचण्डले राष्ट्रिय सहमति खोजेपछि एमाले असन्तुष्ट छ ।

Untitled
Untitled
Untitled