२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

कारबाहीमा पर्ने भएपछि दुर्गा प्रसाईँले एमाले छोडे

Untitled
Untitled
Untitled

काठमाडौ, नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्यागको घोषणा गरेका छन्।

एमालेको उद्योग विभाग उपप्रमुखसमेत रहेका प्रसाईंलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेपछि उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनले केही दिनअघि झापाको काकडभिट्टामा पूर्वराजपरिवारको उपस्थितिमा एक धार्मिक अभियान सुरु गरेका थिए ।

सोही अभियान आयोजना गरेका कारण उनलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेको थियो।

उनले आइतवार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताए।

आफूमाथि कारबाही हुने भएपछि काठमाडौंमा ओलीलाई भेटेर केन्द्रीय सदस्य तपाईं नै राख्नु भनेर हिँडेको दाबी गरे ।

आफू कुनै पार्टीको झोले र गुलाम भएर नहिँड्ने बताउँदै प्रसाईंले फागुन १० गतेपछि देशभर विद्रोह उठाउने दाबी गरे।

Untitled
Untitled
Untitled