२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे दाहालर ओलीबीच सझदारी भइसकेको छैन । यसबारे छलफल गर्न दाहाल बालकोट पुगेका हुन।

राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि दाहाल र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन् ।