२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

कांग्रेस संसदीय दलको बैठकमा कानून ब्यावसायी पनि बोलाइयो

Untitled
Untitled
Untitled

काठमाडौँ, नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलका सन्दर्भमा सर्वोच्च अदालतमा परेको मुद्दाबारे कानूनी परामर्शमा जुटेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा कांग्रेस कांग्रेसले कानुन विज्ञसँग छलफल गरिरहेको छ ।

कांग्रेस संसदीय दलले पार्टी निकट कानुन अहिले व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन ९डीएलए० का पदाधिकारीसँग परामर्श लिरहेको छ ।
अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दावीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्च अदालतले माघ २५ मा कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल मान्ने कि नमान्ने भन्ने विवादमा दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

यस विवादमा सभामुख, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

कांग्रेसले कानून व्यवसायीको रायानुसार जवाफ पेस गर्ने गर्दैछ ।

Untitled
Untitled
Untitled