२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

Nabil Bank

काठमाडौ, नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । काठमाडौंस्थित याक एन्ड होटलमा भएको सचिवस्तरीय बैठक सम्पन्न हो ।

परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित रहेको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा भारतीय बिदेश सचिव दुई दिने नेपाल भ्रमणमा आएका हुन् । उनले अब नेपालका समकक्षी परराष्ट्रमन्त्री विमला राईसँग द्विपक्षीय छलफल गर्नेछन् ।