२०८१ साउन १ मंगलवार | Tuesday, Jul 16 2024

कैलालीको गेटा मेडिकल कलेज बन्ने भयो विश्वविद्यालय

Nabil Bank

काठमाडौ, सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री दाहालले अहिले केहिबेरपछी गेटाको उद्घाटन गर्दैछन्। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजको उद्घाटन गर्न लागेका हुन्।

यसअघि आइतबार सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग प्रधानमन्त्री दाहालले यसबारे छलफल गरेका थिए।