२०८१ भदौ २६ बुधवार | Wednesday, Sep 11 2024

छिट्टै पार्टी एकताको अर्को प्रक्रिया अघि बढ्ने छ : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled
काठमाडौ, प्रधानमन्त्री तथा नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छिट्टै पार्टी एकताको अर्को प्रक्रिया अघि बढ्ने बताएका छन्। २८ औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ‘म आफैंले पनि धेरै किसिमका नेतृत्वसँग लगातार छलफल गरिरहेको छु’, प्रधानमन्त्री दाहालले भने, ‘मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउने छ। जसले आम नेता कार्यकर्तालाई उत्साहित गराउनेछ।’ पार्टी पुनः निर्माण गर्ने, आन्दोलनलाई अघि बढाउने र जनताको भावना अनुसार काम गर्न जिम्मेवारी थपिएको उनको भनाई छ। ‘हामीले एकपटक नयाँ सकल्पसहित अघि जानुछ’, सम्बोधनको क्रममा दाहालले भने, ‘म ऐतिहासिक दिनमा र भर्खरै नेपाल सरकारबाट भएको निर्णयका सन्दर्भमा सबै माओवादी धाराका विभिन्न समूहलाई अब एकतावद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु। केही समयअघि देखि आन्दोलनलाई अघि बढाउने प्रक्रिया अघि बढेको छ।’ आफूसँग छलफलमा रहेका सबैले आ–आफ्नो ढंगले एकता प्रक्रियालाई अघि बढाउने संकल्प पनि गरेको जानकारी उनले दिए। साथै, उनले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरे। ‘मैले यो क्याबिनेटबाट निर्णय गराएको छु। यो अब माओवादीको मात्र नभई राष्ट्रकै सम्पति बन्न पुग्यो,’ प्रधानमन्त्री दाहालले भने। देशलाई सुशासनको बाटोमा लाने जिम्मेवारी मिलेको भन्दै उनले असफल हुने छुट आफूलाई नहुने प्रधानमन्त्री दाहालले बताए। ‘ अहिले हामी सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा छौं। अर्थतन्त्र र राजनीतिको स्थिति के छ भन्ने कुरामा सरकारले नेतृत्व गर्ने अवसरको रुपमा लिएका छौं। हामीलाई असफल हुने विल्कुल छुट छैन,’ उनले भने।
Untitled
Untitled
Untitled