२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

देशभरका क्याम्पसमा स्ववियु निर्वचनका लागि उम्मेदवारी दर्ता आज

Nabil Bank

काठमाडौ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र दर्ताको समय तोकिएको छ।

यसपटक समानुपातिक प्रणालीबाट पहिलोपटक स्ववियु निर्वाचन हुन लागेको हो। सत्तारुढ गठबन्धन निकटका विद्यार्थी संगठनले स्ववियु निर्वाचन पनि मिलेरै लड्ने तयारी गरेका छन्।

उनीहरुले नेकपा ९एमाले० निकट अनेरास्ववियु विरुद्ध गठबन्धनको तयारी गरेका हुन्। देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ।

प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन। २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो।

त्यसयता नभएको निर्वाचन यसपटक हुन लागेको हो।