२०८१ असोज २२ मंगलवार | Tuesday, Oct 08 2024

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६० हजार ४ सय पुग्यो

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्यले तोलामा ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Untitled
Untitled
Untitled