२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

सुनको मूल्य हालसम्मकै उच्च

Untitled
Untitled
Untitled

काठमाण्डू, स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेर कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु. तीन हजारले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु. एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ ।

यो हालसम्मकै उच्च बिन्दू हो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु। ६५ ले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला रु। एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु। एक हजार आठ सय ६० निर्धारण भएको छ ।

रासस

Untitled
Untitled
Untitled