काठमाण्डू, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै नेपाल बजार पनि त्यसबाट प्रभावित भएको छ ।
लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दूमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला छापावाल सुन १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ ।
चाँदी आज पनि प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएको छ ।