काठमाण्डू, साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ ।
आज सेयर बजार परिसूचक ९५ दशमलव ५३ अंकले बढेर २८६० दशमलव ९१ को विन्दूमा पुगेको छ ।
आइतबार ३३० कम्पनीका २ लाख ७५ हजार २ सय ०७ पटकको कारोबारमा ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९ रुपैयाँ रहेको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स १८ दशमलव २३ अंकले बढ्दा फ्लोट इन्डेक्स ६ दशमलव ६५ अंकले बढेको छ ।
१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा जीवन बीमा सर्वाधिक बढेको छ ।
आज ९ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ ।