काठमाडौं, नेपाली बजारमा सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ६ सयले वृद्धि भएको हो ।
आइतबार प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ ।
तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँ तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।