काठमाडौं, बिहीबार नेप्से सूचकले फेरि २ हजार बिन्दू चुमेको छ । बिहीबार सूचक ५०.०४ अंकले बढेर नेप्से परिसूचक २००२.७० बिन्दूमा पुगेको हो । खरिदबिक्री रकममा पनि सुधार आएको छ ।
यस दिन १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार कारोबार भएको छ । बिहिबार दिन २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ ।
७ करोड ८५ लाख रुपैयाँसहित कारोबार रकममा शिवम सिमेन्ट्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र अरुण काबेली पावर परेका छन् ।
बिहीबार मात्र वाणिज्य बैंकहरुले छाता संस्था नेपाल बैकर्स संघले चैतदेखि नयाँ ऋणीको ब्याजदर र साधारण बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो ।
योसँगै शेयर बजारमा गुमेको चमक फर्किएको छ । यसअघि बजार निरन्तर घटेर १९३७ बिन्दूसम्म आएको थियो ।