काठमाडौ, नेपाली बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
आइतबार १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार १ हजार २ सय ७५ रुपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।