२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

१५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

Untitled
Untitled
Untitled
काठमाडौं, नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ । जारी ट्रेजरी बिल २८ दिनको चैत २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ । आज जारी हुने ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।
Untitled
Untitled
Untitled