२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

सेयर बजार दोहोरो अंकले घटेर १९९५ विन्दूमा झर्‍यो

Untitled
Untitled
Untitled

काठमाडौं, साताको चौथो दिनको सेयर बजार कारोबा दोहोरो अंकले घटेको छ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दूमा झरेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ विन्दूमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपर तामाकोशी हाईड्रोपावर शीर्ष स्थानमा छ। जसको आज ८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ।

त्यस्तै दोस्रोमा शिबम सिमेन्ट र तेस्रोमा हिमालय डिस्टिलरीको रहेको छ।

बुधबारको कारोबारमा सबै उपसुचकहरु उपसुचक घटेको छ। सबैभन्दा धेरै निर्माण प्रशोधन र माईक्रो फाइनन्सको २ प्रतिशतले कारोबार रकम घटेको छ ।

आजको कारोबारमा आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर भाउ १० प्रतिशतले बढेको छ।

Untitled
Untitled
Untitled