२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

कम्पनी दर्ता पछि ध्यान दिनुपर्ने नाै कुरा

Untitled
Untitled
Untitled

नेपालमा व्यवसाय सुरु गर्ने पहिलो पाइला हो कम्पनी दर्ता। भविष्यलाई हेर्ने हो भने प्राइभेट फर्म दर्ता गरि व्यवसाय संचालन गर्नुभन्दा प्राइभेट लिमिटेड कम्पनी धेरै राम्रो मानिन्छ। कम्पनी दर्ता पश्चात यसलाई कानूनी रूपमा सञ्चालन गर्न र कुनै पनि सम्भावित जरिवानाबाट बच्न विभिन्न नियमहरूको पालना गर्नु महत्त्वपूर्ण छ । यस ब्लगमा हामीले दर्ता पश्चात हरेक व्यवसायीले पालना गर्नुपर्ने सात महत्त्वपूर्ण कार्यहरु उल्लेख गरेका छौं। हजुर एक अनुभवी उद्यमी भएपनि वा भर्खरै व्यवसाय सुरु गर्नुभएको छ भने पनि यसले हजुरलाई आफ्नो कम्पनी कानुनी रुपमा सबल बनाउन निकै मधत गर्छ भन्ने हामी विश्वास गर्छौं ।

हरेक कम्पनी दर्ता हुन्छ कम्पनी रजिष्ट्रारको कार्यालयमा। दर्ता पश्चात कम्पनीले एक कानुनी व्यक्तिको स्वरूप प्राप्त गर्छ। यस क्रममा कम्पनीको प्रबन्धपत्र र नियमावलीले नै यसको विधानको रुपमा काम गर्छ। त्यसैले हरेक प्रा ली कम्पनीले आफ्नो विधानमा रही निम्नलिखित कार्यहरु गर्नुपर्ने हुन्छ।

१) लाइसेन्स वा इजाजत लिनुपर्ने

नेपालमा दर्ता हुने विभिन्न किसिमका कम्पनीले आफ्नो कारोबार सुरु गर्नु अघि सम्बन्धित निकायबाट लाइसेन्स वा इजाजतपत्र लिनुपर्ने हुन्छ। हरेक इजाजतपत्रको लागि बेग्लै ऐन तथा निर्देशिकाको पालना गर्नुपर्ने हुन्छ। इजाजतपत्रको काम स्थाई लेखा नम्बर (PAN) प्राप्त हुनु अघि वा पछी, कम्पनीको प्रकार हेरी हुने गर्छ।

उदाहरण:

    • कन्स्ट्रक्सन कम्पनीले स्थानीय निकायबाट इजाजतपत्र लिनुपर्छ
    • मिडिया कम्पनीले संचार बिभागबाट इजाजतपत्र लिनुपर्छ
    • औधोगिक कम्पनीले उद्योग बिभाग वा घरेलु तथा साना उद्योगमा दर्ता हुनुपर्छ
    • टुर्स तथा ट्राभल कम्पनीले पर्यटन बिभागबाट इजाजतपत्र लिनुपर्छ

२) स्थायी लेखा नम्वर (PAN) लिनुपर्ने

कम्पनी दर्ताको क्रममा नै एक पत्र मार्फत यसको लागि स्थाई लेखा नम्बर (PAN) सुरक्षित गरिएको हुन्छ। सोहि पत्र लिएर आन्तरिक राजश्व कार्यालयमा गई स्थाई लेखा नम्बर प्राप्त गर्न सकिन्छ। कम्पनीले स्थाई लेखा नम्बर नलिई व्यवसाय गर्न पाउंदैन। स्थाई लेखा नम्बरको प्रयोजन विभिन्न कामहरुमा आउने गर्छ, जस्तै बैंक खाता खोल्न, आय कर बुजाउन इत्याधि।

साथै यदि हजुरले आफ्नो कम्पनी मार्फत भ्याट (मूल्य अभिबृधि कर) लाग्ने सामान वा बस्तु बेच्दै हुनुहुन्छ भने निम्नलिखित कारोबार नाघेको खण्डमा अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्छ:

सामान कारोबार: रू. ५० लाख
सेवा कारोबार: रू. २० लाख
सामान तथा सेवा कारोबार: रू. २० लाख

३) बैंक खाता खोल्नुपर्ने

स्थाई लेखा नम्बर पश्चात बैंक खाता खोल्नु कम्पनीको लागि महत्वपूर्ण कदम हो। बैंक खाता खोल्नाले हजुरको कम्पनी तथा व्यक्तिगत कारोबार छुट्टिन्छन् र यसले कम्पनीको वित्तीय कारोबारमा स्पष्टता र उचित संरचना प्रदान गर्दछ। यसबाहेक पनि कम्पनीको बैंक खाता हुनुले ग्राहकमा विश्वसनीयता स्थापित गर्न मद्दत गर्छ भने ऋण, लगानी तथा अन्य वित्तीय अवसरहरू सुरक्षित गर्न पनि सजिलो बनाउँछ। साथै लेखा व्यवस्थापन, कर भुक्तानी र खर्च भरपाईको लागि पनि बैंक खाता खोल्नु अत्यावश्यक छ।

४) ३ महिने विवरण

हरेक प्राइभेट लिमिटेड कम्पनी दर्ताको तिन महिना भित्र कम्पनी रजिस्ट्रार कार्यालयमा प्रारम्भिक विवरण बुझाउनु पर्ने हुन्छ। यसका लागि ठेगाना जानकारी, सेयर बांडफांड विवरण तथा संचालक समिति बैठकको माइनुट अनलाइन माध्यमबाट अपलोड गर्नुपर्ने हुन्छ। यदि तिन महिना भित्र ठेगाना जानकारी नगराएमा अतिरिक्त जरिवाना तिर्नुपर्छ।

५) साधारण सभा

हरेक प्राइभेट लिमिटेड कम्पनीले आर्थिक बर्ष सम्पन्न भएको ६ महिना भित्र साधारण सभा सम्पन्न गर्नुपर्ने हुन्छ। नयाँ कम्पनीको हकमा भने दर्ता भएको १ बर्ष भित्र साधारण सभा गरिसक्नुपर्ने व्यवस्था छ। बार्षिक साधारण सभा कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुरुप सम्पन्न गर्नुपर्दछ।
साथै, साधारण सभाको लागि गणपूरक संख्या पनि प्रा ली कम्पनीको नियमावलीमा व्यवस्था भए अनुरुप हुनुपर्दछ।

६) कर नियमको अनुपालन

हरेक कम्पनीले आयकर ऐन २०५८, तथा मूल्य अभिबृधि कर ऐन २०५२ अन्तर्गतका नियमहरुको पालना गर्नुपर्ने हुन्छ। यसमा कर सम्बन्धि विवरण तयार पार्ने, विवरण दाखिला गर्ने तथा रकम भुक्तानी गर्नुपर्ने जिम्मेवारीहरु पर्दछन। नेपालमा विशेष गरि मासिक रुपमा भ्याट तथा स्रोतमा कर कट्टी विवरण बुजाउनुपर्छ भने बर्षको ३ पटक अग्रिम आयकर दाखिला गरि बार्षिक आय विवरण बुजाउनुपर्छ।
यदि कर सम्बन्धि नियमहरुको अनुपालन नगरेमा आन्तरिक राजस्व कार्यालयलाई अतिरिक्त शुल्क तथा जरिवाना तिर्नुपर्छ।

७) वित्तीय विवरण राख्नुपर्ने

हरेक कम्पनीले आफ्नो लेखा नेपाली वा अंग्रेजी भाषामा राख्नुपर्ने हुन्छ। यसका लागि अनिवार्य रुपमा दोहोरो लेखाप्रणालीको पालना गर्नुपर्छ। त्यस्तै यदि कम्पनीको लेखा यसको अधिकारिक कार्यालय भन्दा अन्यत्र राख्नु परेमा कम्पनी रजिस्ट्रार कार्यालयबाट स्वीकृति लिनु अनिवार्य छ।
कम्पनीले सामान्यतया तयार पार्नुपर्ने वित्तीय विवरण निम्नानुसार छन्:

Balance Sheet

Profit & Loss A/c

Cash Flow Statement

Statement of Change in Equity

८) लेखापरीक्षण गराउनुपर्ने

हरेक कम्पनीले कारोबार भएपनि नभएपनि, ICAN बाट मान्यता प्राप्त लेखापरिक्षक नियुक्ति गरि लेखापरीक्षण गराउन पर्छ। लेखापरिक्षकले कम्पनीको वित्तीय विवरण सहि भए नभएको, सहि ढंग ले प्रस्तुत गरे नगरेको र नियमहरुको अनुपालन गरे नगरेको विवरण आफ्नो प्रतिबेदनमा उल्लेख गर्दछन।
यसरि तयार गरिएको लेखापरीक्षण प्रतिबेदन कम्पनीको साधारण सभामा प्रस्तुत गर्नु पर्दछ भने बार्षिक विवरण पेश गर्ने क्रममा पनि यसको आवश्यकता पर्ने गर्छ।

९) बार्षिक विवरण बुझाउनुपर्ने

हरेक कम्पनीले आर्थिक बर्ष समाप्त भएको ६ महिना भित्र लेखा परिक्षण प्रतिवेदन, साधारण सभाको माइनुट, लेखापरिक्षक नियुक्ति पत्र, दफा ५१ विवरण र संचालक समितिको माइनुट सहित अनलाइन माध्यमबाट वार्षिक विवरण पेश गर्नुपर्दछ। यसैलाई हामी कम्पनी अध्यावधि गराइएको भनि बुज्दछौँ। यदि पुष मसान्तसम्म कम्पनी अध्यावधि नगराएमा निकै चर्को जरिवाना लाग्ने गर्दछ।

यसरि सरसर्ती हेर्दा, सबै कम्पनीले दर्ता पछि आवश्यक नियमहरूको पालना गर्न आवश्यक छ। यदि पालना गर्न असफल भएमा हामीलाई कानुनी जटिलता र जरिवाना लाग्ने गर्छ।
कम्पनी खाता आफैंमा कम्पनी दर्ता प्रक्रियालाई सहज र छरितो बनाउने हेतुले खुलेको स्टार्ट-अप हो। हामी कानुनी अनुपालनको महत्त्व बुझ्छौं र हजुरलाई सहि प्रक्रिया मार्फत मार्गदर्शन गर्न समर्पित छौं।
कम्पनी खाताले हजुरको व्यवसायलाई निम्नलिखित सेवाहरु प्रदान गर्छ:
१. कम्पनी दर्ता सहजीकरण
२. कम्पनी अध्यावधि
३. लेखा तथा कर सम्बन्धि सेवा
४. ट्रेडमार्क दर्ता सेवा
५. आयात निर्यात कोड दर्ता

(कम्पनी दर्ता प्रक्रियामा सहजिकरणका लागि याे लेख प्रकाशन गरिएकाे हाे -सम्पादक)

Untitled
Untitled
Untitled