२०८१ मंसिर १६ आइतवार | Sunday, Dec 01 2024

नेप्से परिसूचक ५७.७४ अङ्कले गिरावट

Untitled
Untitled
Untitled

काठमाडौं, साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले गिरावट आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अङ्कले गिरावट आएको हो ।

राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

आज ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लागेको छ । नेप्से परिसूचक ५७.७४ अङ्कले घटेर २०२२.६४ विन्दूमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.९५ अङ्कले, फ्लोट इण्डेक्स ३.९८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अङ्कले घटेको छ ।

आज कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड २७ लाख १३ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ ।
बुधवारको तुलनामा नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ ।

लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

आज छिमेक लघुवित्त आठ करोड ७० लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

Untitled
Untitled
Untitled