२०८१ साउन ४ शुक्रवार | Friday, Jul 19 2024

घट्यो सुनचाँदीको मूल्य

Nabil Bank

काठमाडौ, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ छ ।

यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार पाँच सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ८५ रुपैयाँमा आएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।