२०८१ जेठ ६ आइतवार | Sunday, May 19 2024

२३ अंकले घट्यो नेप्से, कारोबार १ अर्बमा खुम्चियो

काठमाडौं, सोमबार सेयर बजार परिसूचक २३ अंकले घट्न पुगेको छ । साताको पहिलो कारोबार भएको यसदिन नेप्से सूचक २३.६० अंकले घट्दै २ हजार ४६.८१ अंकको विन्दूमा झरेको हो ।

नेप्से घट्दा कारोबार रकम पनि १ अर्ब ९४ करोड १६ लाख रुपैयाँमा खुम्चिन पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ ।

आज म्युचुअल फन्ड र ट्रेडिङबाहेक अन्य ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।