२०८१ जेठ ६ आइतवार | Sunday, May 19 2024

साताको दोस्रो कारोबार दिन सुन/चाँदीको कारोबार स्थिर

काठमाडौं, साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन(चाँदीको कारोबार स्थिर रहेको छ । हिजो आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १५ रुपैयाँले बढेको चाँदीको भाउ सोमबारको कारोबार भने स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ ।