२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

बढ्यो सुनचाँदीको मूल्य

Untitled
Untitled
Untitled

काठमाडौ, आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७ हजार रुपैयाँ नजिक पुगेको छ।

बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।

 

Untitled
Untitled
Untitled