चितवन, नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो पनि सञ्चालनमा आउने भएको छ। दिनहुँ दिउँसो ४ घन्टा बन्द हुँदै आएको उक्त सडकखण्ड आजबाट बन्द नहुने भएको हो।
सडकखण्डमा पर्ने विभिन्न पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकोले गत पुस ५ गतेदेखि दिउँसोको समयमा बन्द गरिएको थियो।
भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेको छ। सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वट पुल नयाँ थप गरिएको हो।
पहिलेको पुलको छेउ भिर भएको ठाउँमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको थियो। विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो।